नियम १००
उजुरीको सुनुवाई गर्ने तरिका
(१) कुनै सैनिक व्यक्तिलाई कुनै विषयमा मर्का परेको कारण देखाई ऐनको दफा २७ बमोजिम उजुरी दिँदा उजुरीकर्ताले आफूलाई परेको मर्काको संक्षिप्त व्यहोरा र मर्का निवारणको उपाय खुलाई प्रमाण सहित लिखित रुपमा उजुरी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम उजुरी प्राप्त भएपछि उजुरी सुन्ने अधिकृतले उजुरीकर्ताले जसका विरुद्ध उजुर दिएको हो सो व्यक्तिलाई उजुरीको सम्बन्धमा पन्ध्र दिनको म्याद दिई आफ्नो भनाई पेश गर्न सूचना पठाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त सूचनाको म्यादभित्र सम्बन्धित व्यक्तिले आफ्नो भनाइ पेश गर्नु पर्नेछ ।
(४) उजुरी सुन्ने अधिकृतले उजुरीको सुनुवाइ गर्दा आवश्यक देखेको थप प्रमाणहरू बुझ्न सक्नेछ ।
(५) उजुरी सुन्ने अधिकृतले उजुरीको सुनुवाइ गर्ने सिलसिलामा आवश्यकतानुसार जाँचबुझ टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।
(६) सम्बन्धित व्यक्तिले उपनियम (३) बमोजिम आफ्नो भनाइ पेश गरेकोमा पेश गरेको मितिले वा भनाई पेश नगरेकोमा पेश गर्ने म्याद समाप्त भएको मितिले तीस दिनभित्र उजुरी सुन्ने अधिकृतले त्यस्तो उजुरीको सम्बन्धमा निर्णय गर्नु पर्नेछ ।